काठमाडौं । काठमाडौंको शोभाभगवती चमती मिसा पूचःले आज एकै पटक १ सय ८ जना कुमारीको पूजा आयोजना गरेको छ । नेवार समुदायमा इही अर्थात बेलविवाह नगरेका बालिकाहरुलाई कुमारीका रुपमा पुज्ने परम्परा छ ।
पूजामा मिसा पूचः को तर्फबाट कुमारीहरुलाई समयबजी र फलफूल वितरण गरियो भने श्रद्धालुले आफ्नो इच्छा अनुसार मिठाइ, फलफूल, बिस्कुट, चक्लेट र रकम दान गरे ।
कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालिकाहरु निरोगी हुने, जीवनमा बाधा अड्चन नआउने विश्वास गरिन्छ ।
बज्रयानी बौद्ध परम्परामा कुमारीलाई वज्रदेवी, उग्रतारा, सरस्वती, वसुन्धरा, अजिमा र शक्ति देवीको रुपमा लिइन्छ । RSS, IMAGECHANNEL