काठमाडौं । काठमाडौंको दक्षिणी भेगमा पर्ने पचली भैरवको जात्रा सुरु भएको छ । हिजो मध्यरातमा पचली भैरवको चित्र अंकित घ्याम्पोलाई तान्त्रिक विधिबाट पूजा गरी गुठी घरबाट पचली भैरवको पीठमा लगेपछि जात्रा सुरु भएको हो ।
आज दिनभर पचली भैरवलाई भक्तजनहरुले पूजाआज गर्ने गर्दछन् । आज रातभरी नै पचली भैरवको चित्र अंकित घ्याम्पोलाई काँधमा बोकेर नगर परिक्रमा गराउने चलन छ ।
पचली भैरवबाट टेकु, गोफल, लगनटोल, जैशीदेवल, चिकंमुगल र मरु हुँदै हनुमानढोका दरवारमा पु-याइन्छ ।
सो अवसरमा जीवित देवी कुमारीलाई समेत मध्यरातमा हनुमानढोकामा उपस्थित गराउने चलन छ ।
हनुमानढोकामा पचली भैरवलाई हिन्दू तथा वौद्ध बज्रयानी विधि अनुसार पूजा गरी पशुबली चढाएपछि जात्रा सम्पन्न हुने गर्दछ । RSS, IMAGECHANNEL