उस्तै उस्तै :सौर्यको चेक बाउन्सप्रति महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले सौर्य दैनिकमा कार्यरत सञ्चारकर्मीलाई पत्रिकाको व्यवस्थापनबाट जारी गरिएको चेक बाउन्स भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले बुधबार विज्ञप्ती निकालेर पत्रकारलाई झुक्याउने र ठगी गर्ने कार्य श्रमजीवी पत्रकार ऐन विरुद्धमात्र नभई प्रचलित कानुन विरुद्धसमेत हुने भएकोले पत्रिका व्यवस्थापनलाई सचेत समेत गराएको छ ।
श्रमिकले श्रमको मुल्य समयमै प्राप्त गर्नुपर्छ भन्ने कानुनी व्यवस्थाप्रति गम्भीर बन्न समेत महासंघले पत्रिका व्यवस्थापनलाई सचेत गराएको छ ।
पत्रिकाले नौ महिनाको तलब नदिएपछि पत्रकारले पारिश्रमिक माग्दा चेक दिएको र त्यसमा पैसा नभएको पाइएको थियो ।