बिनोद गैरे
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी प्रचार प्रसारको सिलसिलामा अर्घाखाँचीका विभिन्न गा.वि.सहरुमा चुनावी भेटघाट तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
गणतन्त्रको संस्थागत गरौं ,राष्ट्रियताको रक्षा गरौं र संघीयताको विरोध गरौ भन्दै आफ्नो चुनावी रफ्तार अगाडी बढायको रा.ज.मो.श्रोतले जानाकारी दिएको छ ।
कार्यक्रमकै सिलसिलामा आज अर्घाखाँची क्षेत्र नं.-२को खाँचीकोट गा.वि.समा बृहत प्रशिक्षण भेला सम्पन्न भएको छ । प्रशिक्षण भेलामा रा.ज.मोका केन्द्रिय महासचिव तथा अर्घाखाँची क्षेत्र नं. १ का उम्मेदवार शन्त बहादुर नेपाली , रा.ज.मो.राप्ति लुम्विनी क्षेत्रिय समितिका उपाधयक्ष तथा अर्घाखाँची क्षेत्र नं. २का उम्मेदवार शेर बहादुर वी.सी ,रा.ज.मो अर्घाखाँचीका सदस्य पदम के.सी लगाएतका जिल्ला स्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै अर्घाखाँची क्षेत्र नं. १ का उम्मेदवार सन्त बहादुर नेपालीले जातीय संघीयता लाध्न नपाएको झोकमा ए.माओवादीले संवीधान सभाको विगठन गरेको तथा तराईवासी र पहाडीयावासी विचमा लडाउने कार्य गरिएको वताउनु भयो ।
साथै उहाँले देश व्यापी रुपमा रा.ज.मो प्रति जनउभार देखिएकोले रा.ज.मोको जित सुनिश्चित भएको बताउनु भयो । संघीयताको विवाधले संविधान बन्न नसकेको वताउदै यस पटक पनि संघीयतावादी र जातीवादीले जिते फेरि पनि संवीधान बन्न नसक्ने ठोकुवा गर्नु भयो । यसैगरी अर्घाखाँची क्षेत्र नं. २ का उम्मेदवार शेर बहादुर वी.सीले आगामी निर्वाचनमा रा.ज.मो.को जित सुनिश्चित भएकोले कार्यकर्ताहरुलाई उत्साहका साथ पार्टीको नीति र कार्यक्रमलाई सुसुचित गर्न जनताको घरदैलोमा पुग्न आग्रह गर्नु भयो ।
भेलाले सिद्धिराज भट्टराई संयोजक र ऋषव भट्टराई सह-संयोजक रहेको १०१ सदस्सीय खाँचीकोट निर्वाचन प्रचार प्रसार समिति, भट्टराई संयोजक रहेको ७ सदस्सीय सचिवालय समिति, पिताम्वर भट्टराई संयोजक र दिलदार हुसेन सह-संयोजक रहेको ११सदस्सीय निर्वाचन परीचालन समिति , दिलदार हुसेर संयोजक र गंगा के.सी सह संयोजक रहेको ९ सदस्सीय आर्थिक व्यवस्थापन समिति, मेहरसिहं के.सी संयोजक र ऋषव भट्टराई सह संयोजक रहेको ३ सदस्सीय सुचना संयन्त्र गठन गरेको छ ।
कार्यक्रम सिद्धि राज भट्टराईको अध्यक्षता पुन बहादुर नेपलीको स्वागत मनतव्य तथा शिवहरी भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।