काठमाडौं । आज फूलपाती, बडादसैंको सातौं दिन आज परम्परागत रुपमा घरघरमा फूलपाती भित्र्याईंदै छ । दुर्गा भवानीको प्रतिमा राखिएको दसैं घरमा फूलपातीका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, अशोकको फूल भित्र्याउने चलन छ ।
गोरखाबाट धादिङ हुँदै ल्याइएको फूलपाती पनि आजै हनुमानढोका दरबारस्थित दसैं घरमा भित्र्याईंछ । गोरखाबाट एक जना बाहुन र चार जना मगर पुजारीले ल्याएको फूलपातीलाई जमलस्थित जम्लेश्वर महादेव स्थानमा पर्सिएपछि गुरुजीको पल्टन, सेना, सशस्त्र र जनपद प्रहरीको टुकडीले बाजागाजासहित हनुमानढोका पु