बाग्लुङ । बाग्लुङको प्रसिद्ध धार्मिक तीर्थस्थल कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । नवरात्रको अवसरमा मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीहरुको भीड लागेको हो ।
कालिका भगवती मन्दिरमा पूजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासमा भगवतीप्रति भक्ति भाव राखेर भाकल राख्नेहरु राँगा, बोका, कुखुरा, हाँस, बाजागाजा सहित मन्दिर पुगेर बली दिने गर्दछन् ।
हरेक वर्ष दसैंको अवसरमा मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । मन्दिरमा पूजा गर्न धौलागिरी अञ्चलका बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङसँगै कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, चितवन, काठमाडौं लगायतका स्थानवाट पनि भक्तजनहरु पुग्ने गरेका छन् । IMAGECHANNEL