– कृष्ण खनाल
मक्रहर इलेभेन बुटवल र जबई क्रिकेट एकेडमी बेलबास-बुटवल) नेपाल अम्बुजा कप रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेका छन् ।
सोमबार आफ्नो समुहको खेलमा बिजयी बन्दै दुबै टिम अन्तिम चारमा प्रबेश गरेका हुन् ।र्
कर्मडाडा खेल मैदानमा म्याक्र्सर् इलाभेनले साबिक बिजेता तिरुपति क्लबलाई ६९ रनले हरायो भने जबई क्रिकेट मैदानमा जबई प्रतिष्ठानले हिमाल युथ क्लबलाई ९७ रनले हराएर समुह बिजेता बन्दै सेमिफाईनलमा प्रबेश गरेका हुन् ।
टस जितेर ब्याटींग गरेको म्याक्सले ३९ ओभर ३ बलमा सबै विकेट गुमाई २ सय ४४ रनको स्कोर तयार पारेको थियो । जस्मा रुद्र सारुले ४७ तथा प्लेयर अफ द म्याच प्रेम रानाले ४५ ,सुसन श्रेष्ठले ४३ रनको योदान दिएका थिए । बलिंगमा तिरुपतिका शाह आलम,राहुल भटर्राई,समिप हमाल र सुजन न्यौपानेले समान २।२ विकेट लिए भने ओम प्रकाश यादबले एक विकेट पाए । प्रतिउत्तरमा जितका लागी पाएको २ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा तिरुपति क्लब ४० ओभरमा १० विकेट गुमाउदै १ सय ७५ रन मात्र बनाई हार ब्यहोरयो । तिरुपतिकार् इमरान खानले एक्लै डटेर ५९ रन तथा समिप हमाल २५ र शाह आलमले २२ रन बनाए पनि जित दिलाउन सकेनन् ।
बलिंगमा म्याक्सका सन्तोष जैशवालले ३ तथा भुवन पान्डे,सुसन श्रेष्ठ,प्रेम राना,तसिफ आलम र किशोर गिरीले समान एक एक विकेट लिए ।
उता आKmनै गृह मैदानमा जबईले टस जितेर ब्याटींग गर्दै ४० ओभरमा ९ विकेट गुमाउदै २ सय ११ रन बनाएको थियो । जस्मा कुशल भर्ुर्तेलले र्सबाधिक ७७ रन बनाए भने खेम पुनले ३८,कृष्ण भुषालले २९ र मनिष थापाले २४ रनको योगदान गरे । हिमाल युथका राकेश बर्रइले २ तथा बिष्नु कटरीया,हेमन्त आचार्य,पवन न्यौपाने र सन्देश पुनले एक एक विकेट लिए ।
जितका लागी पाएको २ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा हिमाल युथले ३० ओभर २ बलमा सबै विकेट गुमाई १सय १४ रनमै समेटिन पुग्यो । हिमालका बादलसेनले र्सबाधिक ४२ रन बनाए । उता जबईका सुरेश सुनारले ४ र प्लेयर अफ द म्याच समेत रहेका कृष्ण भुषालले ३ विकेट लिए । प्रतियोगितामा लुम्बिनी खुकुरी क्लब यस अघिनै सेमिफाईनलमा प्रबेश गरेको छ भने चौथो सेमिफाईनलीस्टको टुंगो १५ गते हुने आयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताउनु भयो । १२ गते बाट क्षेत्रिय क्रिकेट हुने भएकाले सुपरलिगका बाकी खेलहरु १५ गतेबाट मात्रै हुनेछन् ।