नेकपा-माओवादी नेतृत्व ३३ दलीय मोर्चाले गरेको आमहडतालका कारण बिहानैबाट अर्घाखाँची भरको जनजीवन प्रभावित बनेको छ ।
सडकमा बन्द कर्ताहरु नदेखिएपनि बिहानै देखि सन्धिखर्कबाट गाउँ-गाउँ पुग्ने सडकहरु प्राय सुनसान नै छन् । लामो तथा छोटो दुरीको सवारी साधन चल्न सकेका छैनन् । बजार सम्पूर्ण बन्द छन।
३३ दलले हिजो आन्दोलनको कार्यक्रम परिमार्जन गरी पुन सार्वजनिक गरेको हो । आज देशब्यापी हडताल र भोलिदेखि मंसिर ४ गते चुनावका दिनसम्म यातायत हड्ताल गर्ने उनीहरुले बताएका छन् ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।