काठमाडौ – ट्वान्टी ट्वान्टी विश्वकप छनौटको समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । टस जितेको स्कटल्याण्डले नेपालाई पहिलो व्याटिङको निम्तो दिएको थियो ।
व्याटिङमा कमजोरी दोहोर्याएको नेपालले उसलाई एकसय १३८ रनको लक्ष्य दिएको थियो । २ पटक ट्वान्टी-ट्वान्टी विश्वकप खेलिसकेको स्कटल्याण्डले मात्र २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
स्कटल्याण्डको लागि कलम म्याकलडले मात्रै अनआउट ८२ रन जोडे । कप्तान पारस खड्का र बसन्त रेग्मीले बिपक्षीको २ विकेट लिन सके ।
नेपालका लागि बिनोद भण्डारीले सबैभन्दा बढी २८, कप्तान पारस खड्काले २७ रन बनाएका थिए ।
शरद भेषवाकर र ज्ञानेन्द्र मल्लले क्रमशः १६ र १४ रन जोडे । बसन्त रेग्मीले नटआउट १३ रन बनाए । प्रदीप ऐरीको स्थानमा सुबास खकुरेलसँग पारी खेलेका सागर पुनले ११ रन जोडे ।
पहिलो २ खेलमा डेनमार्क र केन्यालाई क्रमशः ५ र ६ विकेटले हराएको थियो ।
१६ देश सहभागी छनौटको शिर्ष ६ मा रहन सके नेपाल अर्को बर्ष बंगलादेशमा हुने टी २० विश्वकपमा खेल्न पाउनेछ । RSS