विश्व ट्वान्टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बर्मुडालाई हराउँदै नेपाल विश्वकप नजिक

विश्व ट्वान्टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले बर्मुडालाई २१ रनले हराएको छ ।
युएईको दुबईमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।
१ सय ४९ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको बर्मुडाले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रनमा सिमित भएको थियो ।
यसअघि नेपालका लागि  ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर सुवास खकुरेलले ३५, प्रदिप ऐरी २२, सागर पुन १९, विनोद भण्डारी १३, तथा कप्तान पारस खड्का र सरद भेसवाकरले समान ७-७ रनको योगदान दिएका थिए ।
बर्मुडालाई पराजित गर्ने क्रममा नेपालका लागि जितेन्द्र मुखियाले सर्वाधिक  ४ विकेट लिएका थिए । यस्तै  पारस खड्का  र अभिनास कर्णले २ – २ तथा बसन्त रेग्मी र सागर पुनले समान १-१ विकेट लिएका थिए ।
यो जितसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेसँगै नेपालले आगामी वर्ष बंगलादेशमा हुने विश्वकप टी