यूएईमा जारी यू १९ क्रिकेट अप्डेट : नेपाल आज भारतसँग भिड्दै – नेपालद्वारा भारतलाई १३७ रनको लक्ष्य

१९ वर्षमुनीको एशियाकप क्रिकेटमा नेपाल आज भारतसँग भिड्दैछ । आईसीसी एकेडेमी दुवईमा विहान सवा ११ बजे नेपाल भारतसँग भिड्ने भएको हो ।
अघिल्लो चरण प्रवेशका लागि नेपाललाई आज जित्नैपर्ने दबाब छ । 
नेपाल शनिबार पाकिस्तानसँग १ सय ३२ रनले पराजित भएको थियो ।
टेष्ट मान्यता प्राप्त भारतका आइपिएल र प्रथम श्रेणीको अनुभव बटुलेका खेलाडी रहेकाले नेपालका लागि आजको खेलपनि त्यति सहज भने देखिँदैन । नेपालका धेरै खेलाडीले यहि प्रतियोगितामा मात्र अन्तर्राष्ट्रिय अनुभव बटुल्नेछन । नेपाल रहेको समूह ए मा पाकिस्तान, भारत र यूएई समेत छन ।
भारतले हिजो यूएईलाई १ सय ८९ रनले पराजित गरेको थियो । त्यस्तै समूह बी मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेशिया रहेका छन । दुईवटै समूहबाट शीर्ष दुई टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । 
अब नेपालले मंगलवार यूएईसँग खेल्नेछ । सन् २००९ पछि नेपालले उमेर समूहमा उपाधी जित्न सकेको छैन ।
—- 
टस जितेर पहिलो व्याटिङ रोजेको नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई एकसय ३७ रनको लक्ष्य दिएको छ । यूएईमा भएको यू १९ क्रिकेट कपको पहिलो खेलमा हिजो नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
टेस्ट खेल्दे देश भारतसँग पनि आज नेपालका लागि बिभत्सु थापा, सुनिल धमला र आरिख शेख बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । थापाले ४७, शेखले ४० र धमलालले १६ रन जोड्दा नेपालले एकसय ३६ रन बनायो ।
नेपालले ४४ ओभर ४ बलमा सबै विकेट गुमाएको थियो । भारतका लागि कुदीप यादवले ५ विकेट लिँदा नेपाली व्याट्सम्यान खुल्न सकेनन् । कप्तान भुवन कार्की सिद्धान्त लोहनी शून्य रहनमा आउट भए ।
हिजो भएको खेलमा नेपाले पाकिस्तानसँग एकसय ३२ रनले पराजित भएको थियो ।