पुर्वदेखि उदाएका किरण मध्यपुर्वमा प्रकाश छर्दै

– उमाकान्त पाण्डे गाउंले 
 
आशाको किरण भनेजस्तै दुबईका किरण खतिवडा नेपाली गायक-गायिकाहरूका लागि किरण अर्थात् ज्योति नै सावित भएका छन्। नेपालको पूर्व झापा २ चारपानेमा जन्मेका किरण मध्यपुर्वको दुबई आएको ७ बर्ष भईसकेको छ । दुबइमा रहेको वहुरास्ट्रिय कम्पनीको उपल्लो तहमा काम गर्न आए पनि  आफ्नो सक्कली पहिचानलाई उनी बहुरास्ट्रमा पुराउदै छन । उनलाई चिन्ने र नजिक बाट जान्नेहरु वास्तवमा कलाकारिताका लागि जन्मिएका थिए, कलाकारलाई देश वा कुनै भूगोलले छेक्दैन भन्ने कुराको उदाहरण भएको बिश्लेशण गर्छन् । किरण यतिखेर दुबईमै बसेर नेपालका लागि काम गरिरहेका छन्। 

world news

गायक भरत सिटौलाले उनको कलाकारितालाई फेरि ब्यूँताएका थिए। दुबइमै रहेका नेपाली पप बिधाका अग्रज जेम्स प्रधान सँग उनी नजिक छन । जेम्स पनि हाल: दुबइमा रहेर म्युजिक कम्पनीमै काम गर्छन् । समय मिलाएर किरण र जेस्म भेटघाट गर्छन् । किरणले आफ्नो योजना सुनाउदै दुबइलाई ट्रान्जिट बनाएर बहुरास्ट्रिय म्युजिक कम्पनी स्थापना गर्ने बारे सल्लाह सुझाब लिन्छन । 
८ वर्षअघि नाटक ‘शत्रु’ बाट अभिनय क्षेत्रमा पाइला सारेका किरणले राजवंशी चलचित्र बचनको पटकथा एवं संवाद पनि लेखेका थिए। डिजिटलले प्रविधिलाई सरल बनाएपछि जातीय विषयवस्तुमा स्थानीय स्तरबाटै चलचित्र बनाउने क्रम अलि अघिकै हो । आदिवासी जनजातिका एकमुस्ट चलचित्रको महोत्सव सकिएपछि भने त्यस्ता निर्माताहरू अब आफ्ना सिर्जना बोकेर धमाधम राजधानीमै केन्द्रित छन । कोही कलाकार त्यसैलाई एउटा आधार मानेर देश बिदेशमा आफ्नो नाम स्थापित गर्दै काम बाट पहिचान कायम गर्दै छन । 
सम्भवतः पहिलो, राजवंशी चलचित्रका निर्माताहरू कृष्ण अनमोलको निर्देशन रहेको ‘वचन’ बाट वचनबद्द भएर कलाकारीता क्षेत्रमा प्रवेश गरेका किरणले  दुबइमा आफ्नै म्युजिक कम्पनी स्थापित गरेर अघि बड्ने सुर कसेका छन । उनी आफ्नो जागिर बाट बचेँको समयको सदुपयोग गर्दै कहिले यहाँको मिडिया सिटी धाउछन त कहिले ब्यापार प्रबर्दन र ब्यबस्थापनका बारे अध्ययन गर्न बिधालय धाउछन । राजवंशी संस्कृतिलाई समेटेको भए पनि ‘वचन’ को विषयवस्तु र प्रस्तुति व्यावसायिक र त्यसमा अभिनय गरेका किरण अहिले आँफै व्यवसायिक रुपमा उभिन लागेका छन । 
किरणले अहिले दुबइमा ‘इन्स्पायर मिडिया ग्रुप’ स्थापना गरीसकेका छन । जसको लक्ष्य नेपाली संस्कृतिलाई एसिया-युरोपमा चिनाउनु हो। उनले आफ्नो कम्पनीको लागि चाहिने अत्यधुनिक सामाग्री खरिद गरिसकेका छन । ‘जुन सामाग्री अहिले सम्म नेपालमा शायद नहोलान’ किरण भन्छन ।  
दुबईका आकर्षक स्थललाई नेपाली म्युजिक भिडियोमा कैद गर्न चाहनेहरूले बेहोर्नुपरेको दुःखका कारण उनले लाइसेन्स लिएर नै छायाकंन गर्ने सुविधा मिलाइदिएका हुन । नेपाली गायक हेमन्त राना, भरत सिटौला , अमित बिष्ट लगायत थुप्रैका म्युजिक भिडियो निर्माण गरेका किरण अभिनय, निर्देशन, एडिटिङ सबै काममा पोख्त छन् । उनी  अहिले अमित विस्टका दुई गीत  ‘बादल पारीको त्यो गाउंमा, र ‘तिमी बिना’ गीतको म्युजिक भिडियो छायाकंन गरेर सम्पूर्ण काम सक्काई बजारमा ल्याउने तयारीमा छन । आटेको र दिएको कामलाई तन मन धन दिएर दत्तचित्त भएर गरी पुर्याउने भएकोले उनलाई खोजेर काम दिनेहरु धेरै छन । कम्पनी स्थापना नगर्दै बाट आएका माग पुरा गर्न उनी समय छुट्टाएका छन । 
किरणको अर्को लक्ष्य भनेको नेपाली चलचित्र दुबईका हलहरूमा प्रदर्शन गर्ने सुविधा मिलाउनु हो। दुबईस्थित न्युयोर्क फिल्म एकेडेमीबाट ७ दिने निर्देशन प्रशिक्षण लिएका किरण भन्छन्- ‘म कलाकारिताका लागि नै जन्मिएको रहेछु, अब आफ्नो फुर्सदलाई नेपाली कलाकै संवर्द्धनमा खर्चिनेछु।’ 
world news
दुबइमा रहेका अन्य देशका नागरिकको उनीहरुकै भाषामा ‘राष्ट्रका लागि सन्देश”म्यासेज टु द नेशन’ (MESSAGE TO THE NATION ) नामक अन्लाईन अग्रेंजी कार्यक्रम सन्चालनमा ल्याइदै छ । त्यसको करीब १० औ भाग सम्मको तयारी अर्को महिना सम्म हुनेछ । किरण निर्देशक रहेको यस् कार्यक्रमलाई भारतीय प्रख्यात कार्यक्रम उद्घघोषक माइकल जोनले गर्दै छन । यस् को पटकथा निर्देशक किरण, पत्रकार उमाकान्त गाउंले र माइकल जोनले लेखेका छन । जसको सवांदमा सचारकर्मी उमाकान्त गाउंले,अनुप खड्का ,जिया मरहट्ठा , र भुवनले मुख्य भूमिका निभाउने छन ।