काठमाडौ, माघ 2 – काठमाडौं महानगरपालिकाले पूर्व १० कुमारीहरुलाई मासिक १० हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । उनीहरलाई आगामी १० बर्षसम्म भत्ता उपलब्ध गराइनेकाठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले जानकारी दिए ।
‘प्राय कुमारीहरु आर्थिकरुपमा सम्पन्न परिवारका भएपनि उनीहरुले प्रतिस्पर्धी समाजमा आफ्ना जीवनका महत्वपूर्ण समय कुमारी बनेर बिताएका छन्’, अर्यालले भने ।
पूर्व कुमारीहरुलाई सहयोगका लागि महनगरपालिकाले यस्तो निर्णय गरेको हो । जीवितदेखिको रुपमा पूजिने कुमारी काठमाडौं दरबार स्क्वायरमा बस्ने गर्छन्, जुन नेपाल आउने पर्यटकको लागि महत्वपूर्ण गन्तव्य हो ।
५ बर्षअघि सर्वोच्च अदालतले कुमारीलाई पढाईबाट बञ्चिन गर्न नहुँदे आदेश दिएपछि अहिले उनीहरुले आफू बसेकै स्थानमा पढ्ने र परीक्षा दिने सुविधा पाएका छन् ।
काठमाडौंसहित उपत्यकाको भक्तपुर र ललितपुरमा कुमारी प्रथा छ । AFP