विवेकानन्द राष्ट्रिय प्रवचन भैरहवामा

कृष्ण खनाल
२ माघ, भैरहवा ।   विश्वविख्यात सामाजिक चिन्तक स्वामि विवेकानन्द र विश्व शान्ति विषयक् विशेष प्रवचन समारोह शुक्रबार भैरहवामा आयोजना हुदैंछ ।
स्थानिय सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा हुने सो विशेष कार्यक्रममा लुम्बिनी अन्चलका प्राज्ञिक व्यक्तित्व, शिक्षाप्रेमी, धार्मिक सामाजिक अभियन्ता,समाजसेवी, उद्योगी व्यवसायी तथा नागरिक समाजका अगुवा र सरकारी कार्यलय एवं संघसंस्थाका अगुवाहरुगरी ४ सय जनाको सहभागिता रहने कार्यक्रम संयोजक लुम्बिनी विश्वविद्यालयका सभासद नारायण प्रसाद अग्रवालले जनाए ।
शुक्रबार दिउसो २ बजेदेखी औपचारिक रुपमा शुरु हुने सो विशेष कार्यक्रमममा स्वामि विवेकानन्दका बारेमा शिक्षावीद बालकृष्ण भट्टराईले , हिन्दू वेद दर्शनको बारेमा प्राध्यापक डा. गितु गिरीले र प्रथम विश्व धार्मिक सिकागो १८९३ को बारेमा प्राध्यापक डा. बाबुराम ज्ञवालीले प्रवचन दिने कार्यक्रम रहेको  कार्यक्रमका सदस्य सचिव राजेश मल्लले जानकारी दिए ।
सिद्धार्थ नगरपालिकाका कार्यकारी प्रमुख टिकादत्त राईले उद्घाटन गर्ने सो विशेष समारोहका मुख्य वक्ता लुम्बिनी विश्वविद्यालयका कार्यकारी सदस्य डा. रमेश कुमार ढुगेंल रहने सदस्य सचिव मल्लले बताए । डा. ढुंगेल नेपाली धर्म दर्शन र स्वामि विवेकानन्दका विषयमा विशेष दख्खल राख्दछन् ।
विश्वमा धर्म परिवर्तन र धर्मको नाममा भइरहको राजनिती तथा व्यवसायीकरणलाई निरुत्साहित गर्ने ध्ययेले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । युग पुरुषका रुपमा स्थापीत स्वामि विवेकानन्दको सहस्राब्दी समारोह विश्वका ७० देशमा भइरहको छ । काठमाण्डौं बाहिर पहिलो पटक यस प्रकारको विशेष कार्यक्रम आयोजना गरिएको आयोजकको दाबी छ । 
समारोह सफल पार्न स्वतः स्फुर्त रुपमा एउटा आयोजक समिती समेत बनेको छ । जसको संयोजकमा समाजसेवी नारायण प्रसाद अग्रवाल र सदस्य सचिवमा राजेश मल्ल रहेका छन् भने सदस्यहरुमा डा. रामप्रसाद बस्याल, हेम शर्मा आचार्य, बालकृष्ण भट्टराई, डा. घनश्याम न्यौपाने, प्रा.डा.गितु गिरी, प्रा.डा. बाबुराम ज्ञवाली, डा. दामोदर ढकाल, विष्णु प्रसाद शर्मा, वरिष्ठ अधिवक्ता कमलराज जोसी, सुदीप केसी, बसन्त पाण्डे, गणेश क्षेत्री, धर्मराज खड्का, अधिवक्ता तुलसी ढकाल, रामकुमार शर्मा, रिशिकेस अग्रवाल, कुलप्रसाद न्यौपाने, महेश भुर्तेल, राजकुमार गुरुंग, विलप्रसाद गुरुंग राजु शर्मा ढकाल रहेका छन् । यसैगरी विष्णु पन्थि, दिेपेन्द्र प्रधान, सुदीप महासेठ, प्रदीप सुद्रनिया, टिपी भुसाल, नरेश के सी, मनोज मित्तल, अवधेस मिश्र, रविकान्त उपाध्यय र पवन पौडेल रहेका छन् ।