कृष्ण खनाल
भैरहवा, ३ माघ । विश्वविख्यात सामाजिक चिन्तक स्वामि विवेकानन्द र विश्व शान्ति विषयक् विशेष प्रवचन समारोह शुक्रबार भैरहवामा सम्पन्न भएको छ ।
स्थानिय सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा भएको सो विशेष कार्यक्रममा लुम्बिनी अन्चलका प्राज्ञिक व्यक्तित्व, शिक्षाप्रेमी, धार्मिक सामाजिक अभियन्ता,समाजसेवी, उद्योगी व्यवसायी तथा नागरिक समाजका अगुवा र सरकारी कार्यलय एवं संघसंस्थाका अगुवाहरुगरी ४ सय जनाको सहभागिता रहेको कार्यक्रम संयोजक लुम्बिनी विश्वविद्यालयका सभासद नारायण प्रसाद अग्रवालले जनाए ।
शुक्रबार दिउसो २ बजेदेखी औपचारिक रुपमा शुरु भएको सो विशेष कार्यक्रमममा स्वामि विवेकानन्दका बारेमा शिक्षावीद बालकृष्ण भट्टराईले, हिन्दू वेद दर्शनको बारेमा प्राध्यापक डा.गितु गिरीले र प्रथम विश्व धार्मिक सिकागो १८९३ को बारेमा प्राध्यापक डा. बाबुराम ज्ञवालीले प्रवचन दिएको कार्यक्रमका सदस्य सचिव राजेश मल्लले जानकारी दिए ।
सिद्धार्थनगर पालिकाका निमित्त कार्यकारी प्रमुख गणेश बहादुर क्षेत्रीले उद्घाटन गरेको सो विशेष समारोहका मुख्य वक्ता लुम्बिनी विश्वविद्यालयका कार्यकारी सदस्य डा. रमेश कुमार ढुगेंलले नेपाली धर्म दर्शन र स्वामि विवेकानन्दका विषयमा विशेष मन्तब्य राखेका थिए ।
विश्वमा धर्म परिवर्तन र धर्मको नाममा भइरहको राजनिती तथा व्यवसायीकरणलाई निरुत्साहित गर्ने ध्ययेले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । युग पुरुषका रुपमा स्थापीत स्वामि विवेकानन्दको सहस्राब्दी समारोह विश्वका ७० देशमा भइरहको छ । काठमाण्डौं बाहिर पहिलोचोटी यस प्रकारको विशेष कार्यक्रम आयोजना गरिएको आयोजकको दाबी छ ।
समारोहमा आमन्त्रित अतिथी तथा सहभागीलाई कार्यक्रम संयोजक नारायण प्रसाद अग्रवालले स्वागत गरेका थिए । समारोहमा सस्कृत विद्यापीठका विद्यार्थिहरुले स्वस्ती पाठ गरेका थिए । कार्यक्रममा सभासद आदीत्यनारायण कसौधन, प्राध्यापकहरु बालकृष्ण भट्टाराइ, डा.घनश्याम न्यौपाने, भरत पोखरेल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु शर्मा, डा. रामप्रसाद बस्याल, सामुहिक विद्यालय परिवारका अध्यक्ष बसन्त पाण्डे, सन्चारकर्मि, उद्योगी, व्यवसायी तथा शिक्षक र बाक्लो संख्यामा नागरिकहरुको सहभागिता रहेको सदस्य सचिव मल्ले जनाए ।