बर्दियाको गुलरियामा धुमधाम पर्यटन महोत्सवको आयोजना

बर्दिया, माघ १० । बर्दियाको पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने र स्थानीय कला संस्कृति, स्थानीय उत्पादनहरुको प्रदर्शन गर्ने उद्धेश्यले सदरमुकाम गुलरियामा महोत्सवको आयोजना गरिएको छ । 
बर्दिया सामुदायिक संचार केन्द्रद्वारा संचालित रेडियो बबईले मेला आयोजना गरेको हो ।
माघ ९ गतेदेखि १९ गतेसम्म हुने मेलामा १ सय ५० वटा स्टल राखिएको छ । महोत्सवमा ५० लाख बराबरको कारोबार हुने र २ लाखले अवलोकन गर्ने आशा गरिएको छ । 
मेलामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुका साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने मेला मूल आयोजक समितिका संयोजक अमर वहादुर खड्काले वताए । IMAGECHANNEL