काठमाडौ, माघ १२ – सातौं स्थानमा रहनको लागि नेपालले खेलेको प्ले अफ म्याचमा नेदरल्याण्डसँग ७ विकेटले पराजित भएपछि नेपालको डिभिजन थ्री मा घटुवा हुने सम्भावना छ । नेदरल्याण्डमा जारी एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा यो नेपालले लगाचार ५ औं हार हो ।
टस हारेर व्याटिङमा उत्रिएको नेपालले नेदरल्याण्डसलाई ९ विकेटको क्षतिमा एकसय ७२ रन दिएको थियो । तर, इरिक स्वार्जीन्स्कीको अर्धशतकको मद्दतले ३१ ओभर ५ बल खेल्दै ३ विकेटको नेदरल्याण्डले लक्ष्य भेट्टायो । नेदरल्याण्डका लागि पिटर बोरेनले अनआउट ४५ रन दिए ।
नेपालका लागि शरद् भेषवाकरले ९० बल खेल्दै ४२ रन बनाए । कप्तान पारस खड्काले २९ रनको योगदान दिए । ४६ बल खेलेका शक्ति गौचनले २६ रन बनाए । पृथु बास्कोटा र ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट भए ।
नेपालले अब ९ औं स्थानको लागि युगाण्डा वा क्यानडासँग अर्को प्ले अफ म्याच खेल्नेछ ।
नेपालमा भएको डिभिजन थ्री प्रतियोगिताको उपविजेताको रुपमा डिभिजन टुमा उक्लिएको नेपाल बंगलादेशमा मार्च १६ देखि हुने टीट्वान्टी विश्वकपको लागि भने छनौट भइसकेको छ। EKANTIPUR