रुपन्देही जिल्ला स्तरीय छैटौं राष्ट्रपति कप खेलकुद प्रतियोगिता बिहिवार देखि

युबराज कंडेल
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा रुपन्देही जिल्ला खेलकुद समिति द्वारा आयोजित रुपन्देही जिल्ला स्तरीय छैटौं राष्ट्रपति कप खेलकुद प्रतियोगिता बिहिवार देखि शुरु हुदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी भएको जिल्ला खेलकुद समिति रुपन्देहीले जानकारी दिएको छ। 
रुपन्देही जिल्लाका विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति कप प्रतियोगिता अन्तर्गत  क्षेत्रीय  छनौट प्रतियोगिता आज देखि शुरु हुनेछन। 
क्षेत्र नं ४ अन्तर्गत पर्ने विद्यालयहरुले बुटवल स्थित कालिका उच्च मावी को खेल मैदानमा प्रतिश्प्रधा गर्नेछन भने क्षेत्र नं ५ का विद्यालयहरुले   गजेडी स्थित अक्सफोर्ड मोडर्न बोर्डिंग स्कूलमा हुने प्रतियोगितामा सहभागी हुनेछन । 
माघ १६ देखि १८ सम्म कालिका उमाविमा हुने क्षेत्रीय प्रतियोगितामा क्षेत्र नं ४ का विभिन्न ४० वटा विद्यालयले सहभागिताको लागि नाम दर्ता गरेको प्रतियोगिताका संयोजक राजु शर्मा भुषालले जानकारी दिए । 
प्रतियोगितामा एथलेटिक्स, हाइजम्प,लंगजंप, भलिवल र मार्सल आर्ट्सका विभिन्न ५० खेलहरुमा सहभागी विद्यार्थीहरुले प्रतिष्पर्धा गर्नेछन । 
सबै निर्वाचन क्षेत्रमा क्षेत्रीय प्रतियोगिता सम्पन्न भएपछी फाल्गुन एक देखि तिन गते सम्म जिल्ला स्तरीय प्रतिष्पर्धा हुने राखेपका बरिष्ट प्रशिक्षक तथा खेलकुद विकास समिति रुपन्देहीका प्रमुख मोहन घलेले जानकारी दिएका छन् ।