तनहुँ, माघ २३ । तनहुँको डुम्रेमा आजदेखि दोस्रो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रेले आयोजना गरेको महोत्सवमा १ सय १७ वटा स्टल राखिएका छन् ।
एसियाकै ठूलो दाबी गरिएको सिद्ध गुफा नजिकै क्यानोनिङ, गुफाभित्र रेप्लीङ, जुम्बर क्लाइम्बिङ, चुनपहरामा चट्टान आरोहण, हेलिकोप्टरबाट दृष्यावलोकन, हात्ती र ऊँटको यात्रा, अष्ट्रिच चराको अवलोकन, बन्दीपुरबाट प्याराग्लाईडिङ, मस्र्याङ्दीमा जलविहार, रेसलिङ महोत्सवका आकर्षण रहेका छन् । IMAGECHANNELS