महाशिवरात्रीको अवसरमा हजारौंको संख्यामा साधुसन्तु-सर्वसाधारणको पशुपतिनाथ दर्शनका लागि भीड

काठमाडौं, फाल्गुन १४ । महाशिवरात्रीको अवसरमा भोलि पशुपतिनाथ दर्शनका लागि जाने दर्शनार्थीको व्यवस्थापन तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्रमा सरसफाई गरिनुका साथै मन्दिरलाई सजाएर झकिझकाऊ बनाइएको छ ।
भारतका विभिन्न स्थानबाट पशुपतिनाथ दर्शनका लागि हजारौंको संख्यामा साधुसन्तु आइपुगेका छन् भने देशका विभिन्न स्थानबाट समेत सर्वसाधारण पशुपतिनाथ दर्शनका लागि राजधानी आइसकेका छन् । पशुपति क्षेत्रका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर खडा गरिएको छ ।
त्यस्तै, दर्शनार्थीका जुत्ता