नेपालमै प्रथम राष्ट्रिय मगर संस्कृती महोत्सव बुटवलमा हुने

कृष्ण खनाल 
बुटवल, १५ फागुन । के तपाई मगर कला संस्कृतीमा झुम्दै मिठा-मिठा मगर परिकारमा रमाउन चाहान्छु हुन्छ ? यस्तो चाहना छ भने तपाईलाई  सुवर्ण अवसर  जुरेको छ । मगर कला र संस्कृती संरक्षण मञ्च नेपालको आयोजना बुटवल  प्रथम ऐतिहासिक मगर राष्ट्रिय सास्कृतीक मेला-२०७० मा तपाईलाई यस्तो मौका जुरेको हो । विगतका विभिन्न संघ संस्थाहरुले आयोजना गरीने मेला महोत्सव जस्तै  फेरी एक पटक बुटवल मण्डब रंगिने भएको  छ । 
यहि चैत्र २६ गते देखि ३० गते सम्म आयोजना हुने मगर संस्कती मेला-२०७० मा मगर कला र संस्कृतीको बारेमा  अवलोकन गर्नुको साथै मगर संस्कृती र परिकारहरुमा एक पटक झुम्न पाईने भएको हो । मगर कला र संस्कृती संरक्षण मञ्च नेपाल विहिवार   बुटवल पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी सुरु भएको जानकारी गराएका हो ।
 मञ्चका संयोजक शेशन गलामी मगरले लोप हुन लागेको मगर संस्कृतीको उत्थान, संरक्षण तथा प्रर्वद्धनको लागि मेला आयोजना गरिएको गरिएको जानकारी गराए । मेलामा विशषगरी, घाटु नाचको प्रर्दशन रहनेछन । यसको अलवा मसौने, बाह््रमासे घाटु,  सारेठी,  छर्रा, थाली, ख्याली, झ्युरा, कौडा, नाच समेत प्रर्दशन गरीने आयोजाले जनाएको छ । बुटवल