महोत्तरी, फाल्गुन २१ । जनकपुरको हनुमानगढीबाट शुरु भएको १५ दिने मिथिला परिक्रमा पदयात्रा आज पाँचौ दिन महोत्तरीको सदरमुकाम जलेश्वर पुगेको छ ।
भगवान रामजानकीको डोलासहित पदयात्रीहरु जलेश्वर आइपुग्दा परिक्रमा यात्रा बिश्रामस्थल साहुजी टोलमा भव्य मेला लागेको छ ।
राती महोत्तरीकै मटिहानीमा बिश्राम गरेका पदयात्रीको लावालस्कर किशोरीजी र मिथिलाबिहारीको छुट्टाछुट्टै डोला लिएर जलेश्वरको सिमानामा आइपुग्दा परशुराम साह मिथिला परिक्रमा समितिले भव्य स्वागत गरेको थियो ।
मिथिला परिक्रमाका पदयात्रीले १३ दिन नेपाल तथा दुई दिन भारतमा गरी १५ दिनसम्ममा नेपालको १ सय ७ तथा भारतको २६ किलोमिटरको दूरी पार गर्दै फेरि जनकपुर पुग्नेछन् । IMAGECHANNELS