मानवसेवा आश्रममा भजनकिर्तन कार्यक्रम

२४, फाल्गुन २०७०
विभिन्न कारणहरुबाट सडकका पेटहिरुमा कष्टकर जीवनयापन गर्न विवश मानवमात्रमा सेवा गर्ने अभिष्टले सर्वोत्कृष्ट जीवा ः शाश्वत चिन्तन (साँचो जविननिर्माण अभियान) द्घारा सञ्चालित मानवसेवा आश्रममा प्रत्येक साताको शनिवार झै यस सातापनि भजनकिर्तन कार्यक्रम सम्पन्न गरेको छ । आश्रममा आश्रित लक्ष्मीनारयणहरुको स्वास्थ्य सुधारको हेतुले भएको भजनकिर्तन कार्यक्रमकोे आयोजना आनन्दमार्गले गरेको थियो । आमसाई स्कुलका प्राचार्य तथा आचार्य ॐकारेश्वरानन्द अवधुत, आनन्दर्माग स्कुल सानोपोखराका प्राचार्य ताथा आचार्य आनन्द राधिका, केशवलाल श्रेष्ठ, जगत ब. श्रेष्ठ, केदार प्रसाद उपाध्याय लगाएत ३० जानाको सहभागीता रहेको कार्यक्रममा भजन, किर्तन, स्वअध्याय, ध्यान, गुरुपुजा आदी कार्यहरु भएको अभियनका अभियन्ता नारायण प्रधानले जानकारी दिनुभयो ।
जीवनरुपान्तरण कार्यक्रम
विगत ३ बर्ष देखि मकवानपुर जिललामा विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन (साँचो जविानिर्माण अभियान)ले हेटौंडा