सुनसरी, फाल्गुन २४ । सुनसरीको बराहक्षेत्रस्थित चतराधाममा दोश्रो कुम्भ मेलाको तयारी सुरु गरिएको छ । मेला आउँदो चैत १७ गतेदेखि बैशाख १९ गतेसम्म संचालन हुने आयोजकले जनाएका छन् । कुम्भ मेला अवधिभर सप्तकोशि नदीमा स्नान गर्नाले पापबाट मुक्त भई पुण्य मिल्ने विश्वास रहेको छ । मेलामा नेपाल तथा भारतका एक करोड भन्दा बढी हिन्दू धर्मावलम्बीहरुले सहभागिता जनाउने बताइएको छ ।
भारतको उत्तर प्रदेश स्थित इलाहावाद, मध्यप्रदेश स्थित उज्जैन, महाराष्ट्र स्थित नासिक र उत्तराखण्ड स्थित हरिद्धारमा उक्त मेला सयौं बर्ष अगाडिदेखि लाग्दै आएको छ । मेलाको तयारी स्वरुप सरकारले चतरा धरान जोड्न बाटो निर्माण गरिदिनुपर्ने, कोशीमा तीन वटा पुल निर्माण गरिदिनुपर्ने, व्यवस्थीत बसपार्क निर्माण गरिदिनुपर्ने मूल समितिले माग गरेको छ ।
IMAGECHANNELS