सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान द्घारा हेटौंडा-२, वनस्खण्डीमा सञ्चालित मानवसेवा आश्रममा दाङ जिल्लाका घोराही नगरपालिकाको एक समुहले अवलोकन भ्रमण गरेको छ ।
विभिन्न कारणहरुबाट सडकका पेटीहरुमा कष्टकर जीवनयापन गर्न विवश अनाथ अपाङ्ग, असाहय तथा मानसिक सन्तुलन समेत गुमाएका सहयोगापेक्षी व्यक्तिहरुको सेवा गर्ने अभिष्टले सञ्चालित आश्रममा २७ जानाको टोलीले अवलोकन भ्रमण गरेको हो ।
भ्रमण पश्चात आश्रमको सेवाबाट प्रभावित भएका भ्रमण टोलिले आश्रमको सेवाको लागी नगद रु. पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग समेत गरेको छ । केही समय अघाडी दाङमा भएको कार्यक्रमबाट प्रभावित भएर भ्रमणमा आएको यस टोलिले दाङ जिल्लामा कार्यक्रम गर्दा खुलेर सहयोग गर्ने प्रतिवद्घता समेत गरेका छन्। कार्यक्रममा घोराही ७, निवासि के.बी. घर्तीमगरले संस्थाको आजीवन सदस्यता समेत ग्रहण गनुृभयो ।
घोराही नगरपालिकाका साखा अधिकृत सुवोध रेग्मीले घोराही नगरपालिका भित्र पनि धेरै सयोगापेक्षी व्यक्तिहरु रहेको भन्दै घोराहीमा पनि यस किसिमको सेवा विस्तार गर्न नगरपालिकाले समन्वय गर्ने बताउनु भयो ।