बुढासुव्वा चेस शुरु

धरान, फागुण ३० गते । सुनसरी जिल्ला बुद्धिचाल संघको आयोजनामा शुक्रबारबाट प्रथम बुढासुव्वा खुल्ला फिडे रेटिंग चेस टुर्नामेन्ट शुरु भयो । पहिलो राउण्डको खेलमा फिडेमास्टर मनिष हमाल, पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली, हेटौडाका कृष्ण थापा, धरम लामा, काठमाण्डौका रिजेन्द्र राजभण्डारी, जनार्दन श्रेष्ठ, प्रचण्डमान मालाकार, झापाका राजन सुवेदी, प्रकाश नेपाल, प्रज्वल घिमिरे, इलामका बसन्त लामा, भारतका कुमार गौरव, सौरभ आनन्द, सोंकलन भारती, विक्रमजीत धर लगायतले विजयी शुरुवात गरेका छन् ।
त्यस्तै पहिलो राउण्डको खेलमा केही अप्रत्यासित नतिजा पनि आए । जसमा पूर्वनेपाल च्याम्पियन नविन तण्डुकार १९६४ रेटेडलाई आसामका १४७७ रेटेड निर्मल्य चक्रवोर्तीले हराए भने भक्तपुरका    १९४२ रेटेड गणेशमान दुवाल धनुषाका अनरेटेड सूर्यनारायण दाससित पराजित भए । यसैगरी धरानका अनरेटेड विष्णु लिम्बुले भारतका १८३६ रेटेड सप्तर्षी गुप्तालाई बराबरी खेल्न बाध्य पारे । क्ष्लष्लिभ ष्mबनभ ज्ञ स्वीस लिग ९ राउण्डको खेल नेपालका पहिलो इन्टरनेशनल आर्विटर ज्ञानेन्द्र खाइजुले संचालन गर्ने छ भने उत्कृष्ठ २५ खेलाडीहरुलाई एकलाख चौंतिस हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक संघका अध्यक्ष गौतम कुलुङ राईले बताए ।
जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा संचालित खेलमा नेपालका २१ जिल्लाबाट ५५ जना र भारतका आसाम, विहार र कोलकत्ताबाट ९ जना गरी जम्मा ६४ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
यसअघि टुर्नामेन्टको उद्घाटन एक कार्यक्रमबीच धरान नपाका अधिकृत भक्तिराज शर्माले चेस गोटी चालेर गर्नु भएको थियो । शनिबार बिहान ९ः०० बजे दोश्रो र दिउँसो १ः०० बजे तेश्रो राउण्डका खेलहरु हुनेछन् ।