फाल्गुन ३० । बंगलादेशमा आइतबारदेखि हुन गइरहेको ट्वेन्टी-२० विश्वकप क्रिकेटअघि भएका दुईवटै वार्मअप खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा बुधबार आयरल्याण्डसँग हारेको नेपाल दोस्रो खेलमा आज संयुक्त अरब इमिरेट्स यूएईसँग ६ विकेटले पराजित भयो ।
बंगलादेशको फतुल्लाहमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले २८ तथा कप्तान पारस खड्काले २७ रन बनाएको इनिङमा बसन्त रेग्मीले १० रन जोडे ।
आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको इनिङलाई ध्वस्त पार्ने क्रममा युएईका सरिफ अब्दुल्लाहले ३ विकेट लिए । जवाफमा युएईले ७ बल खेल्न बाँकी छँदै ४ विकेट गुमाएर विजय हासिल ग