रङैरङको पर्व होली उल्लासका साथ मनाइदै

काठमाडौं, चैत्र २ । रङैरङको पर्व होली आज । प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाको दिन फागू पूर्णिमा अर्थात होली पर्व मनाउने गरिन्छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा आज मनाइने यो पर्व तराई क्षेत्रमा भने भोलि मनाइन्छ ।
धार्मिक मान्यता अनुसार, दैत्यराज हिरण्यकश्यपुले आफ्नो विष्णुभक्त छोरा प्रल्हादलाई मार्नका लागि अग्नी दहन नहुने वर पाएकी आफ्नी वैहिनी होलिकालाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रल्हादलाई काखमा लिएर आगोमा बसेकोमा होलिका जलेर भष्म भएको र प्रल्हादलाई केही नभएको खुशीयालीमा होली पर्व मनाउन थालिएको शास्त्रीय वर्णन रहेको छ ।
होलिका दहनकै खुशियालीमा एकापसमा रङ र अविर लगाएर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता छ । राम्रो तरिकाले तयार पारिएका रंग र अबिर खेल्दा छालाको रोग समेत निको हुने आयुर्बेदमा उल्लेख छ । यसैबीच, गृहमन्त्रालयले होली पर्वका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।
गृहमन्त्रालयले होली मनाउने क्रममा कसैलाई पनि जबर्जस्ती नगर्न, गाँजा, भाङ तथा मद्दपान लगायतका मादक पदार्थ सेवन नगर्न सचेत बनाएको छ । प्रहरीले काठमाडौं उपत्यकामा हिजैदेखि गस्ती बढाइएको र प्रहरी संख्या पनि बढाइएको छ ।
प्रहरीले आज विहानैदेखि नै मादक पदार्थ सेवन मापसे जाँच थालेको छ । इच्छाविपरित जथावाभी लोला हान्ने, रंग दल्ने तथा रसायनयुत्तः पदार्थ प्रहार गर्नेलाई सुरक्षा निकायले कडा कारवाही गर्ने चेतावनी दिएकाले केही वर्षयता देखिएको होली विकृति यस वर्ष केही कम भएको छ । आज पनि इच्छाविपरित कसैलाई रंग नहाल्न, पानी नछ्याप्न प्रहरीले आग्रह गरेको छ ।
काठमाडौंको वसन्तपुरमा फाल्गुण शुक्ल अष्टमीका दिन गाडिएको चीरलाई आज विधिपूर्वक ढालेर बाजागाजासहित टँुडिखेलमा लगेर जलाइने परम्परा छ । यसैगरी टुडिंखेलमा गुरुमापा नामका राक्षसलाई इटुम्बहालदेखि कतै नबिसाई ल्याएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई संैनिक अस्पतालभित्र रहेको जधु धारामा चुठाउने चलन पनि छ ।
RSS / IMAGECHANNELS