टी२० विश्वकपमा अफगानिस्तानमाथि नेपालको पहिलो जित

नेपालले अफगानीस्तानलाई टी२० विश्वकपको समूह चरणको रोमाञ्चक खेलमा ९ रनले हराएको छ । 
नेपालले अफगानीस्तानलाई हराएको यो पहिलो पटक हो । क्रिकेट प्रतियोगितामा नेपालले वान डे मान्यता पाएको अफगानीस्तानलाई हराएको यो पहिलो पटक हो ।
सुबास खकुरेलको ऐतिहासिक अर्धशतकसँगै १४१ रन जोडेको नेपालको लागि दोस्रो इनिङमा जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ गरे । चार ओभर बल फ्याक्दै उनले १८ रन खर्चेर ३ विकेट लिए । 
जितेन्द्र मुखिया रोमाञ्चक खेलको म्यान अफ दी म्याच भए ।