चैत्र १० । बंगलादेशमा जारी ट्वेन्टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले रोमाञ्चक विजय हासिल गरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५ रनले पराजित दक्षिण अफ्रिकाले दोस्रो खेलमा न्यूजिल्याण्डलाई रोमाञ्चक २ रनले हरायो ।
२ सय ७१ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले अन्तिम दुई बलमा चार रन बनाउनुपर्नेमा लगातार विकेट गुमाएपछि ८ विकेटको क्षतिमा १ सय ६८ रनमात्र बनाउन सक्यो ।
रोस टेलरले ३७ बलमा ६२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । डेल स्टेनले १७ रन खर्चेर ४ विकेट लिए ।
यसअघि दक्षिण अफ्रिकाले जिन पल डुमिनीले ४३ बलमा अविजित रहँदै ८६ रन बनाएसंगै ६ विकेटको क्षतिमा १ सय ७० रन जोडेको थियो । AGENCIES