भारतमा हुने लोक सभा चुनावमा राखी

Bollywood actress Rakhi Sawant greets people after filing her nomination as a candidate for the upcoming general elections in Mumbai, India, Tuesday, April 1, 2014. India will hold national elections from April 7 to May 12, kicking off a vote that many observers see as the most important election in more than 30 years in the world's largest democracy.(AP Photo/Rajanish Kakade)



भारतीय अभिनेत्री राखी सावन्तले हालैमात्र राष्ट्रिय आम पार्टी घोषणा गरेकी छन्। भारतमा हुने लोक सभा चुनावका लागि उनले मुम्बईको उत्तर-पश्चिम क्षेत्रबाट उम्मेदवारी दर्तासमेत गराएकी छन्। उक्त पार्टीका राखी एक्ली उम्मेदवारसमेत हुन्।



उम्मेदवारी दिने क्रममा उनले आफ्नो १५ करोड भारतीय रुपैयाँको सम्पत्ति सार्वजनिक गरेकी छन्। 



१५ करोडको सम्पत्तिमध्ये मुम्बईमा दुई घर, दूत बनेबापत आउने दुई कम्पनीको आम्दानी र साढे तीन करोड बराबरको चल सम्पत्ति रहेको खुलाएकी छन्।



राखीले आफ्नो उम्मेदवारीमा ‘अशिक्षित’ रहेको उल्लेख गरेकी छन्। उनले उम्मेदवरी दर्तामा आफ्नो खर्चबारे समेत खुलाएकी छन्। चुनाव प्रचारमा प्रयोग हुने सम्भावित समानबारे उनले उल्लेख गरेकी हुन्। 



उम्मेदवारी दर्तासँगै उनी अहिले चुनावको प्रचारमा ब्यस्त भएकी छन्। उनले अनौठा अनौठा पहिरणमा चुनाव प्रचार गर्ने गर्छिन्। जुन उनले यसअघि कहिल्यै नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  Agencies, Nagariknews