काठमाडौं, चैत्र २४ । काठमाडौंमा सेतो मच्छिन्द्रनाथ आर्याअवलोकितेश्वरको रथ यात्रा आजबाट शुरु हुँदैछ ।
जमलस्थित तीनधारा पाठशाला अगाडि रथारोहण गराएपछि जात्रा शुरु हुन्छ । जात्राका लागि ३२ हातको नौ तले रथ बनाइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन जनबहाः बाट मत्स्येन्द्रनाथको मूर्तिलाई खटमा ल्याएर रथारोहण गराइन्छ । जात्राको पहिलो दिन रथलाई रत्नपार्क, भोटाहिटी हुँदैं असन पु-याइन्छ ।
आज शुरु हुने रथ यात्रा २८ गतेसम्म हुनेछ । IMAGEKHABAR