१५१ जनाले लेखे प्रवासका अक्षर

उमाकान्त पाण्डे
दुबइ – चैत – २५ । एक जनाले मात्र लेखेको कृति बजारमा धेरै पढ्न पाईन्छ । तर एउटै सङ्रहमा १ सय ५१ जनाले लेखेको कृति कस्तो होला ? अचम्म नपर्नुस् ! अब केही दिनमा सो सङ्रह बजारमा आउँदै छ । 
१ सय ५१ जनाले लेखेको नेपाली गजल संङ्रह छिट्टै बजारमा आउने भएको छ । 
प्रवासका अक्षर नामक गजल सङ्रहमा १ सय ५१ जना गजलकारका गजल समावेश गरिएको छ । 
पुस्तकमा विभिन्न प्रयोजनका लागि नेपाल बाहिरका १७ मुलुकमा रहेका १ सय ४१ जना गजलकारको प्रति गजलकार पाँच/पाँच र समकालीन नेपाली गजल विधाका १० जना अग्रज गजलकारको एक/एक ओटा गजल गरि ७ सय १५ गजल समाबेश गरिएको छ । 
देश भित्रबाट अग्रज गजलकारहरु मनु ब्राजाकी,बुंद राना,ज्ञानुवाकर पौडेल,ललिजन रावल,करुण थापा,डा.कृष्णहरी बराल,डा.घनश्याम न्यौपाने  परिश्रमी छन । त्यस्तै रवी प्रान्जल,सनत वस्ती,शेखर अस्तित्व,प्राचार्य पोस्टराज चापागाइें समेत रहेका छन । 
पुस्तकमा प्रवासीएका नेपालीका दु:ख बेदना र परदेश बाट स्वदेशको सम्झनामा कोरिएका शब्दहरु छन ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूएई अन्तर्गत नेपाली भाषा तथा साहित्य प्रवर्द्धन उपसमितिको प्रमुख संयोजकत्वमा ‘प्रवासका अक्षरहरु’ प्रकाशन गरिएको हो । पुस्तकको विमोचन वि.स. २०७१ नयाँबर्षको अवसर पारेर आगामी अप्रिल २५ मा यूएईको अलऐनमा गरिदै छ । 
सम्भवत: यत्ती धेरै जनाको गजल समावेश गरेर कुनै पुस्तक सार्वजनिक नभएकोले पुस्तकलाई गिनिज बुक अफ रेकर्डमा लैजान समेत पहल सुरु गरिएको पुस्तक प्रकाशन प्रमुख संयोजक जे सागरले जानकारी दिए ।  
पुस्तकको विमोचन कार्यक्रममा चर्चित कलाकारहरुलाई समेत यूएई ल्याइने योजना आयोजक प्रकाशक अन्तरास्ट्रिय अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूएईका अध्यक्ष मोहराज शर्मा मोहनले बताए ।