भक्तपुर, चैत्र ३० गते । नव बर्ष २०७१ साल तथा बिस्केट जात्राको शुभकामनासहित आयोजित केशव नारायण ताम्राकारस्मृति खुल्ला ब्लिट्ज रेटिङ्ग चेस टुर्नामेन्टको उपाधि मदनकृष्ण कायष्ठले जितेका छन् ।
भक्तपुर दरबार स्क्वायरमा संचालित स्वीस लिग ७ राउण्डको खेलमा तीन जनाले समान ६ अंक हासिल गरेका थिए । जसमध्ये टाइब्रेकमा मदनकष्ण कायष्ठ प्रथम, फिडेमास्टर विलमलाल श्रेष्ठ दोश्रो र फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ तेश्रो भए ।
चेस बचत कोष भक्तपुरद्धारा आयोजित एकदिने टुर्नामेन्टमा साढे ५ अंकका साथ पूर्वनेपाल च्याम्पियन बद्रिलाल नेपाली चौथौं र समान ५ अंक भएपनि टाईब्रेकमा रुपेश जैसवाल पाँचौं, प्रेमकृष्ण महर्जन छैटौं, हिमाल लामा सातौं, बिजय डंगोल आठौं, नविन तण्डुकार नवौं र पुण्यमान कर्माचार्य दशौं भए ।
विश्व बुद्धिचाल महासंघ फिडे स्वीकृत रेटिङ्गसहित आयोजित खेलमा ३ मिनेट प्लस २ सेकेण्ड समय दिइएको थियो ।
यस टुर्नामेन्टमा ५४ जना खेलाडीहरु सहभागी थिए । टुर्नामेन्टको समापन पश्चात् याछेंमा नेवारी भोजसहित शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो । जहाँ वियजी खेलाडीहरुलाई युवा व्यवसायी सुनिल ताम्राकारले नगद तथा ट्रफि प्रदान गरेका थिए ।