चैत्र ३० – अमेरिकी राष्ट्रपति बाराक ओबामाले २०७१ सालमा नेपाल नयाँ संविधान निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति ओबामाका तर्फबाट विदेशमन्त्री जोन केरीले शनिबार पठाएको नयाँ वर्षको शुभकामना सन्देशमा आगामी वर्ष नेपाल राजनीतिक स्थिरताको बाटामा अग्रसर हुने शुभेच्छासमेत प्रकट गरिएको छ ।
सन्देशमा नेपालमा सफलतापूर्वक सम्पन्न नयाँ संविधानसभा चुनावलाई ‘लोकतन्त्रका पक्षमा कोसेढुंंगा’ उपमा दिइएको छ । त्यसमा नयाँ वर्ष नेपाली जनताका लागि सुखद र समुन्नतिपूर्ण हुने शुभकामना व्यक्त गरिएको छ । EKANTIPUR