
कवि एवम् गीतकार क्षेत्रप्रताप अधिकारीको पार्थिव शरीर उनकै इच्छाअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिने र काजक्रिया पनि नगरिने पारिवारिक स्रोतले जनाएको छ ।
अधिकारीको ३० चैत राति गङ्गालाल हृदय केन्द्र काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो ।
२ बैशाख विहान काठमाडौंको धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी शव हस्तान्तरण गरिने छ । अहिले उनकोे शव अस्पतालमै राखिएको छ भने भेटघाटका लागि आउने आफन्त उनको निवासमा पुगेका छन् ।
तनहुँको मिर्लुङमा जन्मिएका अधिकारीका म त लालीगुराँस भएछु