वैशाख स्नान सुरु, काठमाडौंको बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं, वैशाख २ । आजदेखि वैशाख स्नान सुरु भएकाले काठमाडौंको बालाजुस्थित बाइसधारामा विशेष मेला लागेको छ । बालाजुमा मेला भर्न आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।


वैशाख पुर्णिमाका दिन लाग्ने यो मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवनलगायतका जिल्लाबाट भक्तजनहरु मेला भर्न आउने गर्छन् । आजको दिन बालाजुको बाइसधारामा स्नान गरेमा पाप पखालिने र चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।


बाइसधारामा मेला लागेका कारण बालाजु बाइसधारा भएर चल्ने गाडीलाई बालाजु चोक र बाइपास चोकबाट माछापोखरी चोक हुँदै आवतजावतको व्यवस्था मिलाइएको छ ।


यस्तै, देशका अरु विभिन्न पवित्र जलाशयमा पनि स्नान गरी भगवान विष्णुको पूजा गर्नेहरुको घुइँचो छ । IMAGEKHABAR