नुवाकोट, वैशाख ५ । नुवाकोटको सबैभन्दा ठूलो तथा धेरै दिनसम्म सञ्चालन हुने सिन्दुरे जात्रा मनाइएको छ । कामदा एकादशीका दिन भैरवी मन्दिर र बुढी देवीमा लिंगो गाडेर सुरु हुने जात्रा बरुतिनी एकादशीसम्म १५ दिन मनाइन्छ ।
जात्राका अवसरमा जिउँदो भगवानका रुपमा धामी हरिमानसिंह डंगोल, उनकी पत्नी धमिनी र भैरवी मन्दिरको रथायात्रा आजबाट सकिएको हो । १५ दिनसम्म मनाइने जात्राको समापन भने अर्को शुक्रबार मात्र हुनेछ ।
रथयात्रासँगै धामीले नुवाकोटको जालपा देवी मन्दिर देवीघाट र भैरवी मन्दिर नुवाकोटमा जिउँदो पशु चौपायाको भोग खाने परम्परा छ । जालपा देवी मन्दिरमा जिउँदो पशुको भोग खाएपछि धामीले मुलुकमा