भरत खवास र भोला सिलवाललाई पछि पार्दै अनिल गुरुङ बर्षका उत्कृष्ट फुटबलर घोषित

काठमाडौ, वैशाख ८ – भरत खवास र भोला सिलवाललाई पछि पार्दै अनिल गुरुङ बर्षका उत्कृष्ट फुटबलर घोषित भएका छन् । प्रशिक्षकहरु, खेलकुद पत्रकार र एसएमएस भोटिङका आधारमा गुरुङ उत्कृष्ट घोषित भएका हुन् । पुरस्कार बापत् उनले एनसेलको तर्फबाट कार पाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र एन्फा अध्यक्ष गणेश थापाले पुरस्कार हस्तान्तरण गरे ।
अनिलले कूल १ लाख ६४ हजार मत पाए । दोस्रो बनेका भरतले एक हजार ६ सय ७९ भोट मात्रै पाए भने भोलालले ८ सय ३६ मत मात्रै पाए ।
 EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ८