वैशाख ९ । अमेरिकाको बोस्टनमा आयोजित म्याराथनमा पुरुष तर्फको उपाधी पूर्व न्युयोर्क सिटीका म्याराथन च्याम्पियन मेब केफिजीघीले जितेका छन् । केफिजीघीले निर्धारित दूरी २ घण्टा ८ मिनेट ३७ सेकेन्डमा पूरा गरी उपाधी हात पारेका हुन् ।
यसैगरी निर्धारित दुरी २ घण्टा १८ मिनेट ५७ सेकेन्डमा पूरा गरी महिलातर्फको उपाधी केन्याका धावक रीता जेप्टुले हात पारेकी छन् । अन्यन्त सुरक्षा घेराकाबीच आयोजना गरिएको माराथनमा ३२ हजार प्रतियोगीहरु सहभागी भएका थिए ।
गत बर्ष आयोजना गरिएको बोस्टन माराथनमा बिस्फोट भएपछि यसबर्षको माराथनामा सुरक्षा ब्यबस्था कडा पारिएको थियो । गत बर्ष भएको म्याराथन समापनको क्रममा बिस्फोट हुंदा तीन जनाको मृत्यु भएको थियो भने २ सय ६० जना घाइते भएका थिए । Agencies