भक्तपुर, २० बैशाख – शैक्षिक गुणस्तरका लागि बौद्धिक विकास र क्षयरोग नियन्त्रण अभियान भन्ने उद्देश्यले वागीश्वरी उच्च माध्यमिक विद्यालयको आयोजनामा आज भएको भक्तपुर जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिताको फाइनल खेलमा १५ वटा विद्यालयलाई पछाडि पारी जेन्यूइन इङ्गलिस सेकेण्डरी स्कूलले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
बैशाख १८ गतेदेखि शुरु भएको उक्त हाजिरीजवाफ प्रतियोगतामा जेन्यूइन इङ्गलिस सेकेण्डरी स्कूल प्रथम, एभरेष्ट इङ्गलिस सेकेण्डरी स्कूल द्वितीय, सूर्यदिप माध्यमिक विद्यालय तृतीय र ए.जे. सेकेण्डरी स्कूल सान्त्वना भएका छन् ।
वागीश्वरी उच्च मा.वि.का प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो भने विजयी विद्यार्थीहरुलाई जनही रू. २००।