मलेसियामा जारी एसिसी प्रिमियर लिगमा अफगानिस्तानद्धारा नेपाललाई जितका लागि २६३ रनको चुनौती प्रस्तुत

२०७१ बैशाख २४ बुधवार – मलेसियामा जारी एसिसी प्रिमियर लिगमा अफगानिस्तानद्धारा नेपाललाई जितका लागि २६३ रनको चुनौती प्रस्तुत गरेको छ।
 
क्वालालाम्पुरस्थित किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तालले निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा अल आउट हुँदै २६२ रन बनाएको हो। 
नेपालका लागि शक्ति गौचन र बसन्लेत रेग्मीले तीन-तीन तथा नवप्रवेशी आसिफ सेखले २ विकेट लिए। यस्तै राजकुमार प्रधान र सोमपाल कामीले एक-एक विकेट लिएका छन्।
१६ वर्षका युवा खेलाडी अरिफले अफगानिस्तानका ओपनरद्वय नुर अली र उसमानलाई आउट बनाएका थिए। 
 
गौचनले तीनविकेट लिनेक्रममा नसिद, कप्तान नाबी र हस्मातुल्हा साइदीलाई आउट बनाए।
 
यस्तै बसन्तले समान तीन विकेट लिनेक्रममा अन्तिम ओभरमा २ तथा ४८ औ ओभरमा १ विकेट लिएका थिए। 
 
राजकुमार प्रधानले सामुल्लाहलाई एलबीडब्लुको धरापमा पारे। कप्तान नाबीलाई सोमपालको हातबाट क्याच गराएका शक्तिले साइदीलाई आसिफको हातबाट क्याच गराए।
 
सातौ विकेट लिनेक्रममा सोमपाल कामीले साफिकउल्लाहलाई विकेटकिपर सुबास खकुरेलको हातबाट क्याच गराए।
आठौ, नवौ र दसौ विकेट बसन्तले लिएका हुन्।
 
अफगानिस्तानका लागि उसमान घानी र हासमातुल्लाले अर्धसतक पुरा गरेका थिए। समान ५१ रन बनाएका उनीहरुले क्रमश ६१ र ७७ बल खेलेका थिए। यस्तै नुर अलि जर्दानले ४३,नासिद अमदाजारी २० तथा सामुल्लाह सेनवारीले १८ रन बनाए।
कप्तान नाबी ३४ तथा साफिक उल्लाह २१ रनमा आउट भए।
 
आजको खेलमा अफगानिस्तानलाई हराएर अर्को खेलमा आफूअनुकूल नतिजाले मात्र नेपाललाई प्रतियोगिताको विजेता बनाउने छ। आजैर अर्को खेलमा ओमान र युएई भिड्दैछन्। तीन खेल जितेका नेपाल, अफगानिस्तान र ओमानको समान ६ अंक छ।
प्रिमियर लिगको शिर्ष चार स्थानमा रहने टोली आउँदो डिसेम्बरमा युएईमा हुने एसिसी च्याम्पियनसिपका लागि छनोट हुनेछन्।
 
नेपाल, अफगानिस्तान र ओमान च्याम्पियनसिपका लागि छानिसकेका छन्। ओमान र युएईबिचको खेलले च्याम्पियनसिपका लागि छनोट हुने अन्तिम टोलीको टुङ्गो लगाउनेछ। SETOPATI