नायक राजेश हमालद्धारा आफ्नी प्रेमिका मधु भट्टराईलाई सार्वजनिक


 

काठमाडौं-अभिनेता राजेश हमालको लामो कपाल जति सदाबहार छ, उनलाई पछ्याउने एउटा प्रश्न उत्तिकै सदाबहार मानिन्छ, त्यो हो बिहेको प्रश्न। यसपालि बिहेको सिजन सुरु हुनेबित्तिकै मिडियाहरूमा राजेशको बिहेबारे विभिन्न अड्कलबाजीको खेतीपाती मौलाइसकेको थियो। सायद यिनै अड्कलबाजीले उब्जाएको भ्रम चिर्न होला, बुधबार राजेश मिडियामाझ प्रस्तुत भए, एक्लै होइन आफ्नो हुनेवाला दुलही मधु भट्टराईसहित।


राजेशका सहयोगीहरूको निम्तोमा मिडियाकर्मी बुधबार साँझ ७ बजे लाजिम्पाटको शंकर होटल पुगेका थिए। करिब ४० मिडियाकर्मीलाई होटलको बगैंचामा लगभग आधा घन्टा प्रतीक्षा गराइयो। ठिक साढे ७ बजे राजेशका सहयोगीले सबैलाई होटलको ढोकाबाट पहिलो तल्लासम्म डोर्‍याए।


पहिलो तल्लाको पश्चिमपट्टिको सानो हलमा मिडियाकर्मीहरू प्रवेश गर्दा राजेश र मधु एकमात्र टेबलमा आमनेसामने भएर गफ गर्दैथिए। कालो सुट र कलेजी सर्टमा ठाँटिएका राजेशले नीलो साडीमा सजिएकी मधुसँग कस्तो बात मार्दै थिए, कसैले सुनेनन्। वार्तालाप निकै मधुर आवाजमा चल्दै थियो।


राजेश र मधु मिडियाकर्मीको आँखा र क्यामेराले घेरिन पाँच सेकेन्ड पनि लागेन। टेबलको छेउमा राजेशले आफ्ना स्वर्गीय बुबाआमाको फोटो राखेका थिए। क्यामेराका फ्ल्यास चम्किन थालेपछि राजेशले मिडियाकर्मी र मधुतिर आलोपालो हेर्दै भने,