काठमाडौं जेठ ४ । वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिले ४ गते जेठ धर्मनिरपेक्षता भएको दिनलाई कालोदिनको रूपमा काठमाडौंको रत्न्पार्क शान्तिबाटिकाबाट विरोध -याली निकालेर पुनः सोही स्थानमा आई विरोध सभा गरेको छ ।
विरोध-याली पश्चात भएको सभामा युवासन्त श्री निवास आचार्य, दासानुचार्य सुवर्ण, बुद्धधर्मका धर्मगुरु भिक्षु लाक्पा तामाङ्ग, किराँतधर्मका प्रतिनिधि संजिव राई, मुस्लिम धर्मका प्रतिनिधि अलि हुसेन, स्वामी रामबाबा अघोरी, संघर्ष समितिका सचिवालय संयोजक भगवान गिरी, वार्ता समितिका संयोजक खेमनाथ आचार्य र प्रवक्ता दीपक सुवेदीले आफ्नो धारणा राख्नुभएको थियो । वक्ताहरूले राजनीतिक क्षेत्रले जनतालाई झुक्याएर धर्मनिरपेक्षता घोषणा गरेको र सोलाई नेपाली जनताले नस्वीकारेको हुनाले हिन्दू राष्ट्र संस्थागत गरेरै छाड्ने बताएका थिए । परधर्मीहरूको कुचक्रको प्रलोभनमा परेर अलोकतान्त्रिक तरिकाले गरिएको धर्मनिरपेक्षताप्रति खेद प्रकट गर्दै वक्ताहरूले सम्बन्धित राजनीतिक नेताहरूको कडा विरोधसमेत गरेका थिए ।
सभाको रोचक पक्ष मुस्लिमधर्मका प्रतिनिधि हुसेनले हिन्दूधर्म र हिन्दूराष्ट्रमाथिको हमला तथा वेवास्ता हिन्दूहरूबाटै बढीमात्रामा भएको, यो देशमा मुस्लिमहरू धेरै पहिलादेखि हिन्दूबौद्ध समुदायसँग मिलेर बसेको, यो देश हिन्दूराष्ट्रनै हुनपर्ने र हिन्दूराष्ट्र हुँदा मुस्लिमसमुदायलाई कुनै समस्या नपरेको समेत बताएका थिए । बुद्धधर्मका प्रतिनिधि भिक्षु तामाङ्गले सबैले आ-आफ्नो धर्मको पालना गर्नपर्ने तथा कसैले पनि कसैको धर्ममाथि कुनै पनि प्रकारको हमला गर्न र धर्म परिवर्तन गराउन नपाइने, धर्मपरिवर्तन गराउनेलाई कडा कारवाही गर्नपर्ने बताएका थिए । प्रवक्ता सुवेदीले नेपालमा क्रिश्चियन रगत नभएको, बरु मुस्लिमहरू यहा