हिन्दूराष्ट्र संस्थागत गर्ने संघर्षको घोषणा

काठमाडौं । हिन्दूराष्ट्र संस्थागत गर्न सनातन धर्म ॐकार परिवारसँग सम्बन्धित धार्मिक-आध्यात्मिक संघसंस्थाहरुको सहभागितामा युवासन्त श्री निवास आचार्यको संयोजकत्वमा वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समिति गठन भएको छ । सो समितिले रत्नपार्क शान्तिबाटिकामा पत्रकार सम्मेलन गरी आफ्नो कार्यक्रमहरु घोषणा गरेको छ । 
समितिका संयोजक श्री निवास आचार्य र प्रवक्ता श्री दीपक सुवेदीले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा नेपाल अखण्डित रूपमा सनातनभूमि, धर्मभूमि, अध्यात्मभूमि, तपोभूमि, देवभूमि, बुद्धभूमि, शान्तिभूमि, योगभूमि, साधनाभूमि, ध्यानभूमि, ज्ञानभूमि, गुरुभूमिको पहिचानले विश्वलाई आफ्नो परिचय दिइरहेको तीर्थमयी पूण्यभूमि रहेको र सृष्टिकै अद्वितीय सनातन वेद-वेदान्तीय धर्म, दर्शन, संस्कार, संस्कृति, परम्परा तथा सभ्यताको मुख्य केन्द्रस्थली हो । विश्वमै यसको यो विशेषतालाई राम्रो मान्नेहरू प्रसस्तै छन् भने, यो विशेषताप्रति ईष्र्या गर्ने र यो विशेषताबाट यो भूमिलाई च्युत गराउन विभिन्न षड्यन्त्र गर्नेहरू  पनि रैछन् र उनीहरूबाट ठूलो षड्यन्त्रको चलखेल हुँदै आइरहेको रैछ जुन कुरा छर्लङ्गीयकै छ भनिएको छ । 
त्यही षड्यन्त्रको डिजाइनेशन अनुसार पुनस्र्थापित प्रतिनिधिसभाले परधर्मीहरूको कुचक्रमा परेर अलोकतान्त्रिक तवरबाट २०६३ जेठ ४ गते कथित धर्म निरपेक्षताको आत्मघाती, राष्ट्रघाती घोषणा ग