काठमाडौं, जेष्ठ ७ । त्रिभुवन विश्वविद्यालयले सबै विद्यार्थी संगठनको सहमतिमा स्ववियु निर्वाचनको मिति घोषणा नगरेको भन्दै संघर्षमा रहेका अखिल क्रान्तिकारीका विद्यार्थीले त्रिवि शिक्षाध्यक्षको गाडीमा आगजनी गरेको छन् ।
क्रान्तिकारी विद्यार्थीहरुले राजधानीको अनामनगरमा शिक्षाध्यक्ष गुणनीधि न्यौपानेको बा२च ४३८० नम्बरको गाडीमा पेट्रोल खन्याएर आगो लगाइदिएका हुन् ।
न्यौपानेको गाडीलाई मोटरसाइकलमा आएका विद्यार्थीले रोकेर तोडफोड गरेपछि आगो लगाइदिएका थिए । आगलागीबाट गाडीमा पूर्ण रुपमा क्षति पुगेको छ । IMAGEKHABAR



