नेपाली चलचित्रका नायक राजेश हमालको विवाह सम्पन्न


काठमाडौं, जेष्ठ १० । नेपाली चलचित्रका नायक राजेश हमालको विवाह आज सम्पन्न भएको छ । हमालले लामो समयदेखिकी प्रेमिका मधु भट्टराईसँग लगनगाँठो कसेका हुन् ।

 

Photo8

काठमाडौंको अन्नपूर्ण होटलमा हिन्दू पराम्परा अनुसार हमालको विवाह सम्पन्न भएको हो । वधुतर्फको आग्रहमा सञ्चारमाध्यमहरुका लागि गोप्य राखिएको वैवाहिक समारोह अत्यन्तै निजी र छरितो ढंगले सम्पन्न भएको नायक हमालका सहयोगी रोशनले जानकारी दिएका छन् ।

 

विवाहमा दुई परिवारका सीमित आफन्तमात्र सहभागी भएका थिए ।

 

हमालले लामो समयदेखिकी प्रेमिका मधु भट्टराईसँग लगनगाँठो कसेका हुन् । धरान घर भएकी मधु र हमालका बीचमा विगत नौ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो। लामो समयसम्म मिडियामा मधुलाई लुकाउँदै आएका हमालले केही दिन अघि मात्र सार्वजनिक गरेका थिए। हमालको उमेर ५० छ भने मधु २८ बर्षकी हुन्।

 

हमाल र मधुबीच गत वैशाख ३१ गते टिकाटालो भएको थियो । परिवारका सदस्यहरुले हमालले जेष्ठ १४ गते विवाह भोज दिने बताएका छन् ।

 

विवाह भोजमा आफन्तका साथमा पूर्वप्रधानमन्त्री, मन्त्री, राजनीतिज्ञ, कूटनीतिज्ञ, कलाकार, सञ्चारकर्मी, समाजसेवी, सुरक्षा निकायका उच्च पदाधिकारी लगायतलाई आमन्त्रण गरिएको जनाइएको छ ।

 

द्धारिका रिसोर्ट धुलिखेलमा हमाल र मधुले सुहागरात मनाएका छन।