कपनमा पायोनीयर स्कुल चेस जारी

जेठ १६ गते, कपन । पायोनीयर इन्टरनेशनल पब्लिक स्कुल, कपनको आयोजनामा तेश्रो अन्तर स्कुल चेस टुर्नामेन्टमा शुक्रबार चौथौं चरणका खेलहरु समाप्त भए । 
जसमा छात्रतर्फ अन्नपूर्ण उमाबिका रिजेश भण्डारी, मिलन लामा र ग्रीनल्याण्ड स्कुलका सुशान गौतम समान ४ अंकका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् ।
त्यसैगरी अन्नपूर्णकै जेनिश थापाले साढे ३ अंक प्राप्त गरेका छन् । त्यस्तै छात्रातर्फ ग्रीनल्याण्ड स्कुलकी निरुजा घिमिर र सुजना लोहनी समान ४ अंकका साथ अग्रस्थानमा छिन् भने ३ अंक प्राप्त गर्नेहरुमा पायोनीयरकी आभा पुडासैनी, अन्नपूर्णकी आकृति पाण्डे, ग्रीनल्याण्डकै चन्द्रावती पण्डित र अनुषा पाण्डे रहेकी छिन् ।
त्यस्तै खुल्लातर्फ स्वीस लिग ५ चरणको खेलमा ५ जीतका साथ सुदिप तामाङ प्रथम भए भने समान ४ अंक भएपनि प्रोग्रेसिव टाईब्रेकमा आर्शिवाद पुडासैनी दोश्रो र गणेश आचार्य तेश्रो भए ।
तीन दिने टुर्नामेन्टमा खुल्लातर्फ २० जनासहित २४ स्कुलहरुका ६३ छात्र र २३ छात्राहरु गरी १०६ जना खेलाडीहरु सहभागि छन् ।