विश्वकप आयोजनाका लागि कतारलाई दिएको निर्णय थप विवादास्पद, फिफा अधिकारीलाई ५० लाख अमेरिकी डलर घुस दिएको आरोप

आगामी सन् २०२२ को विश्वकप आयोजनाका लागि कतारलाई दिएको निर्णय थप विवादास्पद बन्दै गएको छ। कतारलाई आयोजनाको रुपमा जिम्मा दिन फिफाले ५० लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको बेलायतको एक दैनिक पत्रिकाले खुलासा गरेको छ।
बेलायतबाट प्रकाशित हुने चर्चित पत्रिका ‘दी सन्डे टाईम्स’ले आफूले कतारलाई आयोजना गर्न दिनेबारेको गोप्य ईमेल, पत्र र बैंक ट्रान्सफरको कागजात प्राप्त गरेको दाबी गर्दै समाचार प्रकाशनमा ल्याएको छ।
कतारी फुटबल अधिकारी मोहम्मद बिन हमामले आफ्नो देशलाई विश्वकप फुटबल आयोजना गर्न दिएबापत फिफा अधिकारीलाई ५० लाख अमेरिकी डलर घुस दिएको आरोप लगाइएको छ।
निर्णय हुनु एक बर्षदेखि हमामले आफ्नो देशको पक्षमा लबिङ गर्दै आएको दाबी उक्त पत्रिकाले गरेको छ।
यसबारे कतारले भने आफ्नो बचाउ गर्दै हमामले आफ्नो देशमा विश्वकपको लागि लबिङ नगरेको दाबी गरेको छ । AGENCIES