काठमाडौं, जेष्ठ २० । सर्वोच्च अदालतले तत्काल नहटाउन आदेश दिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव युवराज लामा पुनः कार्यक्षेत्रमा फर्किएका छन् । लामा आज दिउँसो खेलकुद परिषद पुग्दा उनको समर्थन र विरोधमा चर्को नाराबाजी भएको थियो ।
दुई पक्षबीच झडपको स्थिति आउने देखेपछि ब्यापक मात्रामा खटिएका प्रहरीहरुले स्थिति नियन्त्रणमा लिएका थिए । एकीकृत माओवादीको समर्थन प्राप्त लामाको विरोधमा एमाले निकट नेपाल खेलकुद महासंघले परिषद हाताभित्रै कोणसभा आयोजना गरेको थियो ।
तनावपूर्ण स्थितिकैबीच लामाले पदभार ग्रहण गरेका थिए । पदभार ग्रहणपछि प्रतिक्रिया दिंदै लामाले सम्मानित सर्वोच्च अदालतको आदेशले समग्र नेपाली खेलकुदको जित भएको बताए ।
आफूले कहिल्यैपनि राजनीतिक आस्थाको आधारमा खेलकुद नचलाएको दाबी गर्दै लामाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई पनि खेलकुदमा निषेधको राजनीति नगर्न आग्रह गरे ।
युवा तथा खेलकुद मन्त्रालयले दुई हप्ताअघि लामाको कार्यअवधि सकिएको जिकिर गर्दै पत्र थमाएपछि लामा सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्च अदालतले हिजो लामाको पक्षमा अन्तरिम आदेश दिदैं मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पुरानै हैसियतमा काम गर्न



